नेभिगेशन
जीवनयापन

मधेस पुगेर ओलीको चुनौती : बोक्सी हुन्छ भने मलाई लगाई दिए हुन्छ

रौतहट - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई अन्धविश्वासमा नपर्न आग्रह गरेका छन् । रौतहटमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नै दिदीबहिनीलाई बोक्सी नभन्न आग्रह गरेका छन् । उनले बोक्सी भए आफूलाई बोक्ली लगाएर देखाउन चुनौती समेत दिए । ‘अन्धविश्वासमा नपर्नुस् । आफ्नै दिदीबहिनीलाई बोक्सी नभन्नुस् । यदि बोक्सी हुन्छ भने मलाई बोक्सी लगाई दिए हुन्छ,’ उनले थपे, ‘बोक्सी हुन्थ्यो भने चुनाव किन लड्न पथ्र्यो ? अदालतमा मुद्दा किन लड्न पथ्र्यो । छोड्दिनुस् त्यस्ता कुरा, बोक्सी हुँदैनन् । हामी विकासको बाटोमा अगाडि बढौं ।’ उनले मधेसका नागरिकलाई आफ्ना छोराछोरीलाई पढाउन समेत आग्रह गरेका छन् । दुई-तीन घण्टा हिँडेर अहिले पनि स्कुल जानेहरु रहेको बताउँदै उनले आफ्नै घर छेउँछाउँका स्कुलमा पढ्न अनुरोध गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै