नेभिगेशन
जीवनयापन

सुन्दरीजल क्षेत्रमा भारी वर्षा, वागमती र विष्णुमतीमा बाढीको जोखिम

काठमाडौं - काठमाडौंको सुन्दरीजल, जितपुर र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टामा ती क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागकाअनुसार वागमती, विष्णुमती र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ । नदी तटीय क्षेत्रमा रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै