नेभिगेशन
जीवनयापन

नेपाली सेनाको उपरथीमा थापा र पौडेल बढुवा

काठमाडौँ - नेपाली सेनाको उपरथीमा सागरबहादुर थापा र मानार्थ उपरथीमा निरज पौडेल बढुवा भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णय अनुसार बढुवा भएका अधिकारीहरुलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जंगी अड्डामा आयोजित कार्यक्रममा थापा र पौडेललाई उपरथीको दर्ज्यानी प्रदान गरिएको हो । पदोन्नति भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन् ।

यस्तै तीन जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । द्रव्यराम भण्डारी, शक्तिजंग बस्नेत र सुन्दरकुमार पाण्डे बढुवा भएका छन् । ५ जना प्रमुख सेनानीहरूलाई महासेनानीमा बढुवा गरिएको छ । प्रमुख सेनानी जितबहादुर लामा, उमेश कार्की, जीवन कार्की, सुरेश आचार्य र सुरज लामिछाने महासेनानीमा बढुवा भएका हुन् । सहायक रथी र महासेनानीलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै