नेभिगेशन
जीवनयापन

महालक्ष्मी विकास बैंकले ल्यायो ‘डबल बोनान्जा’ मुद्दती खाता, १० हजारमा खोल्न सकिने

काठमाडौ - महालक्ष्मी विकास बैंकले महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता ल्याएको छ । यो खातामा रकम राख्दा ७० महिनामा दुई गुणा रकम दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो खाता १० हजार रुपैयाँमा खोल्न सकिन्छ । बैंकले ग्राहकलाई उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ । बैंकको देशभर रहेका १०३ वटा शाखामार्फत खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ । बैंकले वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन भिसा इएमभी चिपमा आधारित ट्राभल कार्ड र डलर कार्ड समेत जारी गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै