नेभिगेशन
जीवनयापन

प्रहरी हिरासतबाट भागेका युवा भारत छिर्नै लाग्दा पक्राउ

बाँके - प्रहरी हिरासतबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका बाँकेको खजुरा गाउँपालिका-८ का २६ वर्षीय अब्दुल खाँ साउन ९ गते ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्काएर फरार भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट पक्राउ गरी अनुसन्धानको सिलसिलामा राखिएको थियो । प्रहरी निरीक्षक ह्रदेशकुमार सापकोटाको कमाण्डमा खटिएको टोलीले आज सोमबार पक्राउ गरेको हो । उनलाई बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै