नेभिगेशन
जीवनयापन

९३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु, ५,६८६ सक्रिय संक्रमित

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,८६२ पीसीआर र २,४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै