नेभिगेशन
जीवनयापन

एआईजी सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन

काठमाडौँ - नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए । मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ । प्रहरी हेड क्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ । केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै