नेभिगेशन
जीवनयापन

व्रत बस्दा ग्याष्ट्रिकले सतायो अपनाउनुहोस् यी उपाय

साउन महिना भगवान शिवका उपासकसहित धेरै व्रत बस्ने गर्दछन् । अन्य महिनामा पनि कुनै तिथी, पर्व वा चाड विशेष व्रत बस्ने परम्परा छ । तर व्रत बस्दा कतिपयलाई विभिन्न समस्याहरु देखिने गर्दछ । यस्तोमा व्रत वा उपवास वस्दा ग्याष्ट्रिकको समस्य भए, निम्न उपाय अपनाउन सकिन्छ । – ग्याष्ट्रिको कारण पेटमा समस्या भए त्यस समय दुई दाना स्टवेरी खाँदा लाभ मिल्छ । – १ चम्चा वेकिङ सोडालाई एक गिलास पानीमा मिसाउने, त्यसमा थोरै नुन र कागती राखेर सेवन गर्दा पनि लाभ मिल्छ । – सुकुमेल, जीरा, दालचीनी, लसुन र अदुवाको सेवन पनि ग्याष्ट्रिकमा प्रभावकारी हुन्छ । – पुदिना वा दालचिनीको फ्लेवरयुक्त चियाले पनि पेटको समस्या ठीक हुन्छ । – कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पुर्‍याउँछ । – ग्याष्ट्रिकवाट छुटकारा पाउन घिउकुमारी पनि प्रयोग गर्न सकिन्छ । तर प्रेसर लो भएकाले भने भिउकुमारीको सेवन नगर्नु नै राम्रो हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै