नेभिगेशन
जीवनयापन

दाँतलाई सुरक्षित राख्न चाहनुहुन्छ भने निम्न उपाय अपनाउनुहोस्

१) पाचन यजोचित रुपले हुन सकोस् भन्नका लागि खाने कुरालाई राम्ररी चपाएर निल्नुहोस् । २) पेट सफा राख्नुहोस्, कब्जियत हुन नदिनुहोस् । ३) दाँतका साथसाथै गिजाको सफाइमा पनि ध्यान दिनुहोस् । ४) गुणस्तरीय पेष्ट वा मन्जनले दाँत माझ्नुहोस् । ५) दाँतको रक्षा, सेतोपन र चम्काहटका लागि क्याल्सियम, भिटामिन ‘सी’ र ‘डी’ आवश्यक हुन्छ । ६) गुणस्तरीय ब्रसले दिनमा दुई पटक दाँत माझ्नुहोस् । ७) बराबर मात्रामा नुन र बाईकार्बाेनेट मिसाउनुहोस् र मन्जन गराउनुहोस् यसले दाँत सेतो र चम्किलो रहन्छ । ८) दाँतमा इस्टोवेरी दल्नुहोस् ताकि दाँत चम्किलो र सेतो रहोस् । ९) सुन्तलाको सुख्खा पिसेको बोक्राले पनि दाँतलाई सेतो, सफा र चम्किलो बनाउँदछ । १०) बराबर मात्रामा नुन र खरानी मिसाएर माझ्नाले पनि दाँत सेतो हुन्छ । ११) दाँत दुखेका खण्डमा वा किराले दाँत खाएमा ल्वाङको तेलले पनि फाइदा गर्छ । १२) दाँत किराले खाएमा दालचिनीको तेल लगाउनाले आराम मिल्दछ । साभार : ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै