नेभिगेशन
जीवनयापन

अब एमाले सरकारमा आउनैपर्छ: ओली

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमाले सरकारमा आउनैपर्ने बताएका छन् । आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी सरकार भएको आरोप लगाएका हुन्। गठबन्धन सरकार अलच्छिना सरकार हो। उनले भने,आज मैले एउटा आर्टिकल पढेको थिएँ, यो गठबन्धन सरकार भनेको अलच्छिनाहा सरकार लेखेको छ। हो, यो अल्छिन सरकार हो। यो विनाशकारी सरकार हो।ु एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको उनको भनाइ छ। उनले एमाले सरकारको पालामा बन्दै गरेका पुलबाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाए। उनले भने,ु एउटा पुल पनि बनेको छैन। केही पनि थपिएको छैन। बन्दै गरेको पुल बाहेक केही बनेको छैन। तैपनि बजेट थपेको छ।ु देशको अर्थतन्त्र ओरालो लागेको उनको भनाइ छ। उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनुपर्नेमा जोड दिए। उनले अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको आरोप लगाए। उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै