नेभिगेशन
जीवनयापन

कोरोना बढेको भन्दै मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन विदा

काठमाडौं–कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले त्यहाँका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले विज्ञप्ती जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको उल्लेख गरेको छ । ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६ गते बिहीबारसम्‍म (चार दिन)पछि लामो विदाबाट मिलान गर्ने गरी मेन्छ्यायेम गाउँपालिका अन्तर्गतका सबै सामुदायिका तथा संस्थागत विलालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगर्न र नगराउनु हुन साथै उक्त अवधिमा स्वास्थ्यका मामदण्ड अपनाइ विद्यालयको आन्तरिक प्रशासन सुचारू राख्‍न हुन सम्बन्धित सबै विद्यालयहरुलाई अनुरोध छ’ गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै