नेभिगेशन
जीवनयापन

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबीच होटल व्यवस्थापन अध्यापन गराउने बिषयमा सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्टले पर्यटन पुर्नउत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्ययोजनालाई कार्यान्वयन गराई समस्यमा परेका पर्यटन क्षेत्रलाई पूर्ववत रुपमा फर्काउने गरि काम गरिरहेको बताएका हुन् । उनले पर्यटन क्षेत्रको बिकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सवै मिलेर कार्यान्वय गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रने दावी गरे । सरकारले अपेक्षा गरेको पर्यटनहरुमात्रै नेपाल भित्रिए स्वदेशमा जनशक्तिको समेत अभाव हुने उनको भनाई छ । उहाले बागमति बाहेकका ६ वटा प्रदेशमा प्रतिष्ठान विस्तार गरेर पर्यटन तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्नेगरि काम अघि बढिरहेको जानकारी दिए । काठमाडौँ विश्वविद्यालय र प्रतिष्ठानबीच ६ वटा प्रदेशमा होटल व्यवस्थापन पढाई गर्ने गरी १० वर्षका लागि सम्झौता भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै