नेभिगेशन
जीवनयापन

१२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं - भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको मोबालसहित भारतीय नागरिक पक्राउ गरेका छन् । काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले भारत पञ्जाब घर भई गौसला बस्दै आएका ३५ वर्षीय संदीप अहुजालाई पक्राउ गरेको हो । अहुजाले आइफोन, सामसुङ, ओपोलगायत १२ थान मोबाइलसहित पक्राउ परेका थिए । उनलाई गौशालाको होटल कल्चर इनबाट पक्राउ गरिएको थियो । प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले ल्याएको आइफोन एक्सआर, भिभो र इन्फिनिक्स एक-एक थान, सामसुङ मोबाइल दुई थान र ओप्पो ७ थान बरामद गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै