नेभिगेशन
जीवनयापन

नेपाली कामदारलाई जापान लैजानेबारे दुई देशको संयुक्त श्रम बैठक बस्दै

काठमाडौँ - नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक हुने भएको छ । नेपाल र जापानबीच २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको हो । ‘हामीबीच जुन एमओसी छ । त्यसबारे समीक्षा गर्न जरुरी भयो,’ बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले भने, ‘हामी दोश्रो पटक बैठक बस्दैछौं ।’ बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गर्ने छन् । एमओसीपछि पहिलो पटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन । एमओसी अनुसार नेपालबाट ८३५ जना मात्रै नेपाली त्यसतर्फ गएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्