नेभिगेशन
विज्ञान प्रविधि

काठमाडौंका होटल, रेस्टुरेन्ट र खाजा घरहरुमा खुल्लेआम यौनजन्य गतिविधि

काठमाडौँ - पछिल्लो समय काठमाडाँैका होटल, रेस्टुरेन्ट र खाजाघरहरुमा खुल्लेआम रुपमा यौनजन्य गतिविधिहरु हुने गरेको पाइएको छ । जसका कारण विधिन्न हिंसाका घटनाहरु समेत बढ्दै गइरहेको पाइएको छ । आज (मंगलबार) नवौं अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा माइती नेपालले आयोजना गरेको छलफल कार्यक्रममा पछिल्लो समय होटल, रेस्टुरेन्ट र खाजाघरहरुमा यौनजन्य गतिविधि बढ्नुका साथै मानव बेचविखनसम्मका कार्यहरु हुने गरेको पाइएको जनाएको छ । माइती नेपालले विभिन्न निकायहरुसँग मिलेर गरेको अध्ययन अनुसन्धान अनुसार होटल, रेस्टुरेन्ट र खाजाघरहरुमा यौनजन्य व्यवहार हुने गरेको पाइएको छ । त्यस्तै सानै उमेरको बालबालिकालाई कामसँगै यौनजन्य गतिविधिमा लगाउने जस्ता गतिविधि हुने गरेको पाइएको माइती नेपालले जनाएको छ । यस्तै होटल, रेष्टुरेन्छ र खाजा घरमा बोलाएर कर्मचारीहरुलाई यौनजन्य घटनाहरुमा फसाउने जस्ता घटनाहरु समेत घटाइएको अध्ययनमा देखिएको छ । आफूहरुको टोलीले उक्त खाजाघरलगायतका ठाउँहरुमा छापा मार्ने क्रममा सञ्चालकको मिलेमतोमा बालबालिका अथाव २० वर्ष उमेर समूहका महिलाहरुलाई राखेर अनैतिक क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको माइती नेपालले जनाएको छ । पछिल्लो समय होटल, रेष्टुरेन्ट र खाजा घरहरुमा यौनजन्य गतिविधि मौलाएका कारण सामाजिक विकृति र समस्या उत्पन्न भइरहेको बताउँदै कुमारी क्ल्वका अध्यक्ष अचुत भारतीले स्थानीय निकायहरुले नै यस विषयमा नियम कानुन बनाएर अघि बढ्नु पर्ने बताए । त्यस्तै त्यस्ता व्यावसायीहरुलाई पनि यसबारे चेतना जगाउने कार्यतर्फ लाग्नु पर्ने उनले सुझाव दिएका छन् । नेपाल प्रहरीले काठमाडौंका होटल, रेष्टुरेन्ट र खाजाघरहरुमा यौनजन्य गतिविधि हुने गरेकोप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ । चावहिल सामुदायिक प्रहरी केन्द्रका बरिष्ठ प्रहरी नायव निरीक्षक राजेश कार्कीले यस विषयमा आफूहरुले विशेष ध्यान दिएर यसको नियन्त्रणतर्फ विभिन्न योजना साथ अघि बढिरहेको जानकारी गराए । काठमाडौँ महानगरपालिका-९ का अध्यक्ष रामजी भण्डारीले काठमाडौंमा अहिले यस्ता घटना बढिरहेको बताउँदै आफूहरुले यस समस्याको समाधानका लागि विशेष ध्यान दिइरहेको बताए । उनले यस्ता समस्या समाधानका लागि कमिटी गठन गरी यिन्त्रणतर्फ अघि बढ्ने योजनामा रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्