नेभिगेशन
जीवनयापन

आरक्षण सीट लागु नगर्ने १९ सार्बजनिक सवारीमाथि कारबाही

काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागु भए/ नभएको कडाइका साथ अनुगमन गर्न थालेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु नगर्ने १९ वटा सार्वजनिक बसलाई कारवाही गरेको छ ।

जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारवाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्