नेभिगेशन
विज्ञान प्रविधि

मापसे गरेर ‘हेडसर’ विद्यालय पुगेपछि...

जाजरकोट– मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका प्राधानाध्यापक पक्राउ १ हजार रुपैयाँ धरौटी तिरेपछि मात्रै घर फर्किन पाएका छन् । जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक ९हेडमास्टर० भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर विद्यार्थीहरूले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टि भएपछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो । प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई विद्यालयमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अबदेखि विद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्