नेभिगेशन
जीवनयापन

पृथ्वी राजमार्गको जोगिमारा-फिस्लिङ सडकखण्ड अबरुद्ध

धादिङ–अविरल वर्षाका कारण खसेको पहिरोले गर्दा पृथ्वी राजमार्गको जोगिमारा फिस्लिङ सडक खण्ड अबरुद्ध भएको छ । सडक माथिबाट खसेको ठुला-ठुला ढुङ्गाले गर्दा सडक अबरुद्ध भएको हो । अहिले सो अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । पहिरोका कारण खसेको ढुङ्गा निकै ठुलो भएको र लोडरले पन्छाउन नसक्ने भएकाले थप समस्या उत्पन्न भयको छ । सडक अबरुद्धका कारण राजधानी प्रवेशका लगि आएका सबै सवारीका साधनहरु जाममा परेका छन् । रातिदेखि सडक बन्द भएकाले सबैजसो रात्रिकालिन सेवाका सवारीका साधनहरु दुवैतर्फी जाममा परेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्