नेभिगेशन
जीवनयापन

कपडा सुकाउन खोज्दा विजुलीको तारमा छुइँदा श्रीमान-श्रीमतीकै गयो ज्यान

दाङ - दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान- श्रीमतीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका-२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटनास्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्