नेभिगेशन
जीवनयापन

बेसींशहर-चामे सडकखण्ड अवरुद्ध

मनाङ - निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढी पहिरोले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ । पहिराले सडक बगाएपछि मनाङ प्रवेश गर्ने मेरुदण्डको बेसीँशहर-चामे सडक अवरुद्ध भएको छ ।

बाढी पहिरोले लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा क्षति भएपछि बेसींशहर-चामे सडक अवरुद्ध भएको डुम्रे-बेसीँशहर-चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार मस्र्याङ्दीको राम बजार, घोप्टेभिर र कोतोमा पहिराले सडक बगाएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उनले बताए । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताए । सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उनले जिल्लावासीलाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्