नेभिगेशन
जीवनयापन

साढे १२ लाखसहित एक जना पक्राउ

बुटवल - रुपन्देहीमा स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट भारत महाराजगञ्जका ४६ वर्षीय आशि साहुलाई प्रहरीले पक्राउ गरेको हो ।

लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा आशिको साथमा श्रोत नखुलेको १ हजार दरका ११ सय थान, र ५ सय दरका ३ सय थान रकम फेला परेको रुपन्देहीका सहायक प्रहरी प्रवक्ता बेदबहादुर पौडेलले जानकारी दिए । पक्राउ परेका आशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्