नेभिगेशन
जीवनयापन

काभ्रेस्थली घटना : मृतक चार जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौँ - काठमाडौंको काभ्रेस्थलीमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान प्रक्रिया सकेर शव उठाएको हाे। शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने बताइएको छ । गोरखा घर भई काभ्रेस्थली बस्दै आएका घरमुली ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्