नेभिगेशन
जीवनयापन

भन्सार छलेर ल्याइएको सात बोरा कपडा बरामद

मकवानपुर - मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएको सात बोरा वेवारिसे कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीलेहेटौंडा-१५, रातोमाटेबाट वेवारिसे अवस्थामा रहेको कपडा बरामद गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्दा डिकी र छतमा लुकाएर ल्याएको विभिन्न प्रकारको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार कुर्ता सुरुवाल ५८ पिस, साडी २ सय ९३ पिस र सेन्डो गन्जी ३ सय वटा फेला परेको हो । प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमका अनुसार कपडाको विषयमा बसको चालकसँग र बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा कोही कसैले मेरो हो भन्ने हक दाबी नगरेकोले कपडाहरु बेबारिसे भएको र भन्सार छलेर ल्याएकोहुँदा उक्त कपडाहरु नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्