नेभिगेशन
जीवनयापन

दैनिक बढ्दै कोरोना संक्रमण : १६ दिनमा १६ जनाकै मृत्यु

काठमाडौं - पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४१ जनाको आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज एकै दिन ८९५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ११ लाख ३० हजार १२४ पुगेको छ । अहिले देशभर चार हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् । दैनिक एकदेखि दुई जना संक्रमितको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

साउनका १६ दिनमा १६ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ । प्रदेश-१ मा २, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना आइसीयूमा उपचाररत छन् । यस्तै, बागमती प्रदेशमा ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्