नेभिगेशन
जीवनयापन

बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

बर्दिबास - महोत्तरीको बर्दिवास बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ । केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो । स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो । अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ । तल्लो तलामा फेन्सी पसलहरु रहेका छन् । अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्