नेभिगेशन
जीवनयापन

शुल्क घटाउन माग गर्दै चक्रवर्ती ल कलेजका विद्यार्थीको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं–चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनले अप्रत्याशित रुपमा शुल्क वृद्धि गरेर विद्यार्थीको शैक्षिक अधिकार हनन गरेको भन्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले उठाएका माग अनुरुप अनुचित रुपमा बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको संगठनले माइतीघरमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले ‘हामीले भन्यौं चर्को शुल्कमा विद्यार्थी भर्ना नलिनुहोस्, उहाँले हामीले अस्पताल भर्ना हुने बनाउनुभयो’, ‘भण्डारी सर तपाईंलाई बीएमडब्लु चढ्नका लागि विद्यार्थीको ढाड सेक्ने गरी शुल्क बढाउन पाइँदैन’, ‘पैसा रुखमा फल्दैन, कलेज प्रशासनको दादागिरी चल्दैन’ जस्ता नारासहितको व्यानर बोकेर विद्यार्थीले प्रदर्शन गरेका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्