नेभिगेशन
जीवनयापन

काभ्रेस्थली घटनाः भेटियो ‘सुसाइड नोट’

काठमाडौं–काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घरबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका सोमबार बिहान मृत अवस्थामा भेटिएका थिए । प्रहरीले दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । प्रहरीले घटनास्थलमा ४ पृष्ठको सुसाइड नोट फेला पारे पनि त्यसमा के लेखिएको छ भन्ने कुरा खुलाएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्