नेभिगेशन
जीवनयापन

बाढी र पहिरोको घटनाबारे गृहमन्त्री खाणको चासो

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा भएको वर्षापछिको पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिँदै तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन भइरहेको पहलका बारेमा चासो लिएका छन् । कास्की, प्युठान र पाल्पालगायतका जिल्लामा वर्षापछिको पहिरोले क्षति पुर्‍याएपछि मन्त्री खाँणले चासो देखाएका हुन् । गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन गरिएको पहलबारे जानकारी लिए । उनले उद्धार र राहतमा थप सहयोग आवश्यक परेमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए । प्युठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उनले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी दिए । यता कास्कीको पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिए । कास्कीमा परेको निरन्तरको वर्षाका कारणे पोखरा–१३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षति भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्