नेभिगेशन
जीवनयापन

काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरीका अनुसार श्रीमान­–श्रीमती र दुई छोराछोरी रहेका छन् । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मृतकहरुको पुख्र्यौली घर गोरखा बोर्लाङको नारनपुर हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्