नेभिगेशन
जीवनयापन

स्रोत नखुलेको नगद सहित पक्राउ

रूपन्देही– सिद्धार्थ नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्