नेभिगेशन
जीवनयापन

पश्चिम बङ्गाल: विद्युतीय झट्का लागेर कम्तीमा १० जनाको मृत्यु, १६ घाइते

पटना– उत्तर बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यानबाट जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० कन्वारियाको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेहरूलाई जलपाईगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। डिजे बजाउन गएको पिकअप भ्यानमा राखिएको जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कूच बिहार जिल्लाको माथाभाङ्गाका अतिरिक्त पुलिस अधीक्षक अमित वर्माले भने, ‘गाडीमा जेनेरेटरबाट डीजी बजाइएको थियो। सर्ट सर्किटका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।’ उनले भने कि १६ जना घाइतेलाई जलपाईगुडीको अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन् । भ्यानमा सवार सबै कन्वारिया सेतालकुचीका बासिन्दा थिए । दुर्घटनाबारे उनको परिवारका सदस्यलाई जानकारी गराइएको छ । कुचबिहारको सेटलकुचीबाट आएका कन्वारियाहरूको समूहमा २७ जना रहेको प्रहरीले जनाएको छ । छेङ्दबन्धको धरला खोलाको पुल पार गर्ने क्रममा दुर्घटना भएको हो । कैयौं कन्वारिया अचेत अवस्थामा देखेर भ्यानका चालकले उनीहरुलाई छेङ्दबन्ध अस्पताल पुर्याएका थिए । त्यहाँ चिकित्सकले १० जनालाई मृत घोषणा गरेका थिए । जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्