नेभिगेशन
जीवनयापन

पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आगलागी भएर एक जनाको ज्यान गयो

कास्की– पोखरा महानगरपालिका(२५ हेम्जामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । हिजो बेलुका पोखरा–बाग्लुङ सडक खण्डमा ग १७ प १९७० मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलका चालक कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा नेपालीको शरीर जलेको थियो । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगे पनि डाक्टरले मृत घोषणा गरेका थिए । ट्रकधनी पोखरा २५ हेम्जाका ४१ वर्षीय क्षेत्रबहादुर कुँवरसमेत जलेर घाइते भएका छन् । आगो निभाउने क्रममा जलेका उनको मणिपाल अस्पतालमा उपचार भइरहको छ । ट्रक चालक किरण बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्