नेभिगेशन
जीवनयापन

झापा र सुनसरीमा बाढी तथा डुुबानको जोखिम

काठमाडौँ– झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे चन्द्रागढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्