नेभिगेशन
जीवनयापन

मोटरसाइकल चोरी: राजधानीबाट हराउँछन्, दुर्गममा कुद्छन्

काठमाडौँ – राजधानी जस्तो व्यस्त सडकको लागि छिटो छरितो सवारीसाधनको रुपमा प्रयोग हुन्छ दुई पाग्रे सवारीसाधान – मोटरसाइकल, स्कुटर ।

यही कारण पनि राजधानीमा मोटरसाइकल प्रयोगकर्ता बढ्दै गएका छन् । जति धेरै मोटरसाइकल प्रयोगकर्ता बढिरहेका छन्, त्यही अनुपातमा मोटरसाइकल चोरको गिरोह पनि सक्रिय बन्दै गएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पनि राजधानीबाट मोटरसाइकल चोरी हुने घटना बढेको देखिन्छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष अर्थात यही साउन महिनाको १४ गते सम्म काठमाडौं उपत्यकाबाट मात्र ५१ वटा मोटरसाइकल चोरी भएका छन् । यही अवधिमा प्रहरीले २४ वटा हराएका मोटरसाइकल फेला पारेको छ । 

यस्तो छ मोटरसाइकल चोरीको अवस्था  हराएका        धनी जिम्मा लगाएका आर्थिक बर्ष २०७७/०७८         १३५६            ३३६ आर्थिक बर्ष २०७८/०७९         १६०४            ४३४ चालु आर्थिक बर्ष (साउन)         ५१                  ११

पछिल्लो समय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी नियन्त्रणका लागि छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । चोरी भएका केही मोटरसाइकल फिर्ता गरेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कार्यालयकी प्रमुख, डीआईजी मिरा चौधरीका अनुसार मोटरसाइकल चोरीका घटना बढेसँगै प्रहरीले पनि चोरी नियन्त्रणका लागि सक्रियता बढाएको छ । 

डीआईजी चौधरी भन्छिन्, ‘हामीकहाँ दैनिक रुपमा मोटरसाइकल चोरीका उजुरी आउने गरेका छन् । हामीले चोरी नियन्त्रणका लागि सूचनाका आधारमा जनशक्ति परिचालन गरेका छौं र हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनी जिम्मा पनि लगाउने गरेका छौं ।’ डीआईजी चौधरीका अनुसार चोरीका मोटरसाइकल सँगै चोरीमा संलग्न व्यक्तिहरू पनि पक्राउ पर्ने गरेका छन् । कार्यालयले साउन लागे यता १४ दिनको अवधिमा मात्र मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिसकेको छ । 

राजधानीबाट हराउँछन्, दुर्गममा कुद्छन् प्रहरी अनुसन्धान अनुसार, उपत्यकाबाट चोरी हुने मोटरसाइकल राजमार्गबाट बाहिरिएर काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, धादिङ, नुवाकोटलगायतका जिल्लाहरूमा पुग्ने गर्छन् । चोरहरूले प्राय जसो यी जिल्लाको पनि दुर्गम स्थान पुर्‍याउँछन्जहाँ प्रहरीको उपस्थिति न्यून हुन्छ । 

डीआईजी चौधरीका अनुसार अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने धेरैजसो पल्सर, साइन, एफ जेड,  आर वान फाइव जस्ता मोटरसाइकल नै चोरी भएका छन् । प्रहरी अनुसन्धान अनुसार, पहिले पहिले राजधानीमा चोरी भएका मोटरसाइकल यहीं बेचबिखन हुन्थ्यो भने अहिले नम्बर प्लेट फेरेर दुर्गम पहाडी जिल्लामा चलाउन थालिएको छ । 

यसबाहेक केही मोटरसाइकल चोरीमा संलग्नहरूले टुक्रापारी पार्टहरु उपत्यका आसपासका वर्कशपमा बिक्री गर्ने गरेको रहस्य पनि बाहिर आएको छ । त्यसैगरी पुराना पार्टपुर्जामा नया“ बडी राखेर बेच्ने गरेको पनि पाइएको छ । वर्कसप खोलेर बसेकाहरु नै अप्रत्यक्ष रुपमा चोरीमा संलग्न हुने गरेको प्रहरीको अनुमान छ । 

मोटरसाइकल भेटिन्छ, चोर फरार पछिल्लो दुई वर्षयता मात्र उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ८१२ वटा बाइक फेला पारी सम्बन्धित सवारीधनीलाई बुझायो । तर, यो अवधिमा जम्मा ९८ जना मात्र चोरी आरोपमा पक्राउ पमोटरसाइकल चोर फेला नपर्ने विभिन्न कारण रहेको डीआईजी चौधरले बताइन् । 

हराएकामध्ये नम्बर प्लेट परिवर्तन नगरिएका मोटरसाइकललाई चालक विना पनि प्रहरीले नियन्त्रणमा लिन्छ । ‘ब्लु बुक र लाइसेन्स दुवै नभएको अवस्थामा प्रहरीले परिस्थितिअनुसार मोटरसाइकल मात्र वा चालकलाई पनि नियन्त्रणमा लिन्छ । यसले गर्दा पनि चोर नभेटिने समस्या बढेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्