तोलामा दुई सयले घट्यो सुनको मूल्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार तोलामा ९३ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य हिजो उकालो लागेको थियो । यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । जुन, हिजो सोमबार १ हजार १६५ रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्