नेभिगेशन
समाचार

राज्य बिचौलियाहरुको नियन्त्रणमा जान थाल्यो : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राज्य डरलाग्दो रुपमा बिचौलियाहरुको नियन्त्रणमा जान थालेको बताएका छन् ।

एमालेको उपभोक्ता संरक्षण तथा सुशासन विभागले सोमबार काठमाडौँमा आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रियामा ज्ञवालीले गठबन्धन सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए ।

गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै उनले यो सरकार राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धन भएको बताए ।

अहिलेको गठबन्धन मुलुकका लागि डर लाग्दो रहेको उल्लेख गर्दै भने, ‘राज्य एकदमै डरलाग्दो गरेर बिचौलियाहरुको नियन्त्रणमा जान थालेको छ । राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन, तर आज राजनीतिक गठबन्धनको आवरणमा जुन खतरनाक वित्तीय गठबन्धन छ । भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तीय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो । सिंगो अर्थतन्त्र केही मुठीभर नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको छ । यो एक वर्ष देशका लागि कुशासन र बर्बादीको एक वर्ष हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार