पूँजीगत खर्च ५८ प्रतिशत पनि पुगेन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले गत आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च ५८ प्रतिशत भन्दा पनि कम मात्र गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक बर्ष ०७८/७९ को अन्तिम दिन (असार ३२ गते) सम्म २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च हुन सकेको हो । यो जम्मा ५७ दशमलव २३ प्रतिशत मात्रै हो । सरकारले यो आर्थिक बर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । पुँजीगत खर्च कम मात्र गर्न सकेको सरकारको चालु खर्च भने लक्ष्यको ९० दशमलव २५ प्रतिशत भएको छ । गएको आर्थिक बर्षमा १० खर्ब ६५ अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिइएकोमा ९ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले समग्रमा १३ खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च गरेको महालेखाले जनाएको छ । सरकारले गएको आर्थिक बर्षमा वित्तीय हस्तान्तरणतर्फ ७९ दशमलव ३९ प्रतिशत अर्थात् १ खर्ब १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्