बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ गतेसम्‍म थप

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले बिलासी वस्तुको आयातमा लगाएको रोकलाई आगामी १४ भदौसम्म निरन्तरता दिने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो । आइतबार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको रोकलाई १४ भदौसम्म निरन्तरता दिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको थियो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० सय डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो । यस्तै, कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ र हिरा ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयको सूचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी वस्तुको सामानमा पर्छन् । मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिबन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसिसम्मको भने आयातमा खुल्ला गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्