मालोर्काविरुद्ध रोमाञ्चक जित निकाल्दै बार्सिलोना दोस्रो स्थानमा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– स्पेनिस ला लिगामा मालोर्काविरुद्ध बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।

गएरातिको खेलमा घरेलु टोली बार्सिलोनाले मालोर्कालाई २–१ ले पराजित गरेको हो ।

यो जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए र सर्जियो बुस्केट्सले एक-एक गोल गरे ।

मालोर्काका लागि एन्टोनियो राइलोले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ५४ औं मिनेटमा बुस्केट्सले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा राइलोले गोल गर्दै मालोर्कालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा बार्सिलोनाले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै बार्सिलोनाले ३४ खेलमा ६६ अंकसहित दोस्रो स्थानमा उक्लिदा पराजित मालोर्का समान खेलबाट ३२ अंकका साथ १६ औं स्थानमा छ ।

ला लिगको शीर्ष स्थानमा रियल मड्रिड रहेको छ । बार्सिलोनासँग रियलको अंक दूरी १५ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्