काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले संकल्प-पत्र सार्वजनिक गर्दै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको साझा उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आज (बिहीबार) संकल्प-पत्र सार्वजनिक गर्ने भएकी छन् ।

चुनावी घोषणापत्रलाई कांग्रेसले संकल्प-पत्रको नाम दिएको छ । बिहीबार (आज) बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उम्मेदवार सिंहले घोषणापत्र (संकल्प-पत्र) सार्वजनिक गर्ने भएकी हुन् । कार्यक्रममा कांग्रेसका प्रभावशाली नेताहरू सहभागी रहने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार