पोखरामा चार दिनदेखि रोकिएको उडान आजदेखि नियमित

बिहीबार, वैशाख २०, २०८१

काठमाडौ - बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित रूपमा सुरू भएकाे बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी  दिए ।

सूचना अधिकारी कर्णले भने, 'विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएका थिए ।' 

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको थियो । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्