नेकपा एमालेले भोलि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा एमालेले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । शुक्रबार ७४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको रिजालले बताए । तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्