वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ- मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । 

कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । 

दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुगेको थियो ।

५ खेलमा शतकसहित सबैमा अर्धशतक कटाएका कप्तान रोहित पौडेल क्रीजमा आए पनि दुख गर्न परेन। मल्लले नै खेल लाई रोमाञ्च जितको अवस्था बनाए। आजको खेल हेर्न लायक रहेको थियो।  मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले जितेसँगै नेपाल ब्याटिङ्ममा फर्किएको चर्चा छ । 

अब टी-२० विश्वकपमा नेदरल्यान्ड तर्सिने सङ्केत देखिएको छ ।  समूहमा रहेका टेस्ट खेल्ने बङगलादेश, साउथ अफ़्रिका र श्रीलङ्काको पनि डङ्का छुटाउन सक्ने प्रक्षेपण गरिएको छ । 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्