चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ ।

लोसपाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा बिहीबार जिल्लाहरुमा विस्तारित बैठकले वडा र पालिकास्तरबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको नेता केशव झाले जानकारी दिए ।

देशैभरबाट उम्मेदवारी दिने तयारीमा रहेको लोसपाले वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि निर्देशन दिएको हो ।

यसअघिको २०७४ सालमा राम्रा काम नगरेका तथा भ्रष्टाचारमा नाम मुछिएकाहरुको नाम सिफारिस नगर्न निर्देशनमा भनिएको छ ।

२०७४ मा मधेश प्रदेशमा तत्कालीन राजपाबाट २५ प्रमुख र ३१ उपप्रमुख जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्