काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्रीको कडा प्रतिवाद गर्ने

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ - नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । बिहीबार बसेको काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सोडारी समेतको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरे पनि प्रदेश प्रमुखले झुक्याएर फेरि प्रक्रिया थालेर सोडारीलाई नियुक्त गरेका कारण विश्वासको मत लिने कदम अर्को त्रुटि भएकाले प्रतिवाद गर्ने काँग्रेसको दाबी छ ।
६ वैशाखमा एमाले, माओवादी केन्द्र र नाउपाको रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्