राप्रपाले चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा आमसभा आयोजना गरेको हो । मंगलबार पार्टीको बागमती प्रदेश समितिले काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भ्रातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारी बारे छलफल गरेको हो । उक्त बैठकमा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने बताए । आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार