बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

सोमबार, वैशाख २४, २०८१

कलैया- बारामा यस वर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यस वर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए ।

उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यस वर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताए ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गत वर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्