नेभिगेशन
मनोरञ्जन

कमेडी च्याम्पियनका हिमेश पन्त फिल्म 'शमशेर' अनुबन्धित

काठमाडौं - कमेडी च्याम्पियनका हिमेश पन्त फिल्म 'शमशेर' अनुबन्धित भएका छन् । एक्सन जनरामा बन्न लागेको यस फिल्ममा हिमेशसहित अभिनेता सुमन गौतम पनि अनुबन्धित भएका हुन् । यसअघि अभिनेता गौरव पहारी र मनिष राउत यस फिल्ममा प्रबेश पाइसकेका छन् । एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको यस फिल्ममा अभिनेत्री भने फाइनल भएको छैन । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु लगायतका स्थानमा गरिने निर्माण टिमले जनाएको छ । फिल्ममा मनिष राउत , गौरव पहारी, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा लगायतका कलाकारको अभिनय रहने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना