नेभिगेशन
मनोरञ्जन

ओस्कर विजेता स्मिथले कमेडियन रोकलाई थप्पड हानेको घटनामा मागे माफी

काठमाडौँ– हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहको मञ्चमा कमेडियन कलाकार क्रिस रोकमाथि थप्पड हानेको घटनामा माफी मागेका छन् । सोमबार बिहान भएको एकेडेमी अवार्ड कार्यक्रमका बीच स्मिथले रोकलाई थप्पड हानेका थिए । उक्त घटना अस्वीकार्य र अक्षम्य भन्दै स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक रुपमा माफी मागेका हुन् । आफूले सीमा नाघेको र गलत गरेको उनले स्वीकारेका छन् । ओस्कर फिल्म एकेडेमीले समेत उक्त घटनाको निन्दा गर्दै समीक्षा गर्ने घोषणापछि स्मिथले आफूबाट गल्ती भएको स्वीकार गरेका हुन् । कमेडियन रोकले कार्यक्रमकाबीच स्मिथकी पत्नी जेडा पिन्केटमाथि मजाक गरेका थिए । उक्त मजाकपछि स्थिम मञ्चमा गएर रोकलाई थप्पड हानेका थिए । स्मिथ यस वर्षको ओस्कर अवार्डमा सर्वाेत्कृष्ट अभिनेताका उपाधि विजेता पनि हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना