देउवा फकाउँदै माधव नेपाल, भने - शेरबहादुरजीप्रति अत्याधिक विश्वास छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा धोका दिने मान्छे नभएको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् । देउवाको तारिफ गर्दै अध्यक्ष नेपालले उनीप्रति आफ्नो अत्याधिक विश्वास रहेको बताए । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै उनले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको बताए । उनले भने - ‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ – म धोका दिने मान्छे होइन,’ उनले थपे, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हँुदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’ उक्त कार्यक्रममा नेपालले प्रधानमन्त्री पत्नि आरजु राणाको पनि प्रशंसा गरे । उनले भने - ‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार